आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा हालसम्म एक करोड ७८ लाख डोज खोप भित्रियो

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 440
    SHARES
  • नेपालमा हालसम्म एक करोड ७८ लाख डोज खोप भित्रियो

    असोज १३ काठमाडौं । नेपालमा हालसम्म कोभिड-१९ विरुद्धको एक करोड ७८ लाख ५८ हजार ७१० खोप भित्रिएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी भेरोसेल खोप प्राप्त भएको छ। भेरोसेल खोप एक करोड १९ लाख डोज रहेको छ। कोभिसिल्ड खोप २४ लाख ४८ हजार आएको छ।

    एस्ट्राजेनेका खोप १९ लाख ७५ हजार आठ सय ६० र एक मात्रा लगाए पुग्ने जोनसन एन्ड जोनसन १५ लाख ३४ हजार आठ सय ५० डोज छ। मन्त्रालयका अनुसार १२ असोजसम्म एक करोड २९ लाख ५८ हजार पाँच सय आठ मात्रा खोप लगाइसकिएको छ ।

    images