शनिबार, भाद्र २७ गते २०८३
images

आज थप ११५७ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 572
    SHARES
  • आज थप ११५७ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

    असोज १३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित १८ हजार १९३ जना रहेका छन् ।

    त्यस्तै विगत २४ घण्टामा १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७६४८४७ पुगेको छ । विगत २४ घन्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल १११२३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् 

    images