शनिबार, भाद्र २७ गते २०८३
images

देश भरीका अशक्त र गरिब बिरामीहरूको निःशुल्क उपचार गर्छौ :बालेन शाह

एक्सप्रेस पाना
बैशाख १६, २०८१ आइतबार
  • 308
    SHARES
  • देश भरीका अशक्त र गरिब बिरामीहरूको निःशुल्क उपचार गर्छौ :बालेन शाह

    काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका जुनसुकै पालिकाका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गर्ने बताएको छ ।

    images

    महानगर प्रमुख बालेन्द शाहले आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब बिरामीहरू नागरिकहरुको  निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।

    उनले अशक्त र गरिब बिरामीहरु जसको सम्पर्कमा भएपछि खबर गर्न आग्रह गरेका छन् ।
    मेयर शाहले लेखेका छन्  ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ । ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । तपाईँको टोल छिमेक वा आफन्तहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’

    images

    मेयर शाहले ११८० मा फोन गर्न वा वा, काठमाडौँ महानगर स्वास्थ्य विभागको ‘निःशुल्क उपचार सहजीकरण सेवा’ सम्पर्क गर्न सकिनेसमेत बताएका छन् । उनले यसअघि काठमाडौं महानगरका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए ।