शनिबार, भाद्र २७ गते २०८३
images

स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको छ :उपेन्द्र यादव

एक्सप्रेस पाना
बैशाख १८, २०८१ मंगलबार
  • 372
    SHARES
  • स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको छ :उपेन्द्र यादव

    काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताएका छन् । 

    images

    संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७ औँ बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको बताएका हुन् । 

    उनले तीन दशक अगाडि कायरोमा सम्पन्न जनसंख्या तथा विकास आयोगको बैठकमा उपस्थित १७९ देशले स्वीकृत गरेका कार्यक्रम कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको बताए । 

    images

    उनले भने, “नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैंगिक समानता, मानवअधिकारजस्ता मौलिक अधिकारलाई सुनिश्चित गरेको छ । आफ्ना नागरिकको जीवनस्तर उठाउन नीतिगत व्यवस्थाका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ ।”

    मन्त्री यादवले युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउँदै शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिका लागि बाह्य लगानी अपरिहार्य भएकामा जोड दिए ।