शनिबार, भाद्र २७ गते २०८३
images

काठमाडौंमा ७३ प्रतिशतले लगाए काेराेनाविरूद्धकाे पूर्ण खोप

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 310
    SHARES
  • काठमाडौंमा ७३ प्रतिशतले लगाए काेराेनाविरूद्धकाे पूर्ण खोप

    असोज १४ काठमाडौं । काठमाडौं उपत्यकामा हाल सम्म ७३ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १३ असोजको तथ्यांकअनुसार उपत्यकाको लक्षित जनसंख्याको ७३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

    images

    २१ लाख २९ हजार सात सय ७३ जनसंख्यामा १६ लाख २२ हजार चार सय ४१ अर्थात ७६ प्रतिशतले पहिलो मात्रा लगाउदा १५ लाख ६२ हजार सात सय ७३ ले दोस्रो मात्रा लगाएका छन् । यसमा काठमाडौंको १५ लाख ६२ हजार लक्षित जनसंख्याको ११ लाख ७७ हजार ६ सय ६०(७८ प्रतिशत )ले पहिलो मात्रा लगाउदा ११ लाख १२ हजार आठ सय ९३(७४ प्रतिशत)ले पूर्ण खोप लगाएका छन् ।

    भक्तपुरमा दुई लाख ४६ हजार आठ सय ५१ लक्षित जनसंख्याको एक लाख ५५ हजार तीन सय २६(६३ प्रतिशत)ले पहिलो मात्रा लगाउदा एक लाख ८४ हजार सात सय ८७(७५प्रतिशत)ले पूर्ण मात्रा लगाएका छन् ।

    images

     ललितपुरमा तीन लाख ८२ हजार आठ सय ६० लक्षित जनसंख्याको दुई लाख ९० हजार ५५(७६ प्रतिशत)ले पहिलो मात्रा लगाउदा दुई लाख ६५ हजार ५४ (६९ प्रतिशत)ले पुर्ण मात्रा लगाएका छन् । मन्त्रालयले खोप लगाउन बाँकी सबैलाई आफ्नो पालो आएपछि अनिवार्य खोप लगाउन अनुरोधसमेत गरेको छ ।