शनिबार, भाद्र २७ गते २०८३
images

डब्लूएचओले हरेक शुक्रबार नेपाली भाषामा कोरोनाको जानकारी गराउने 

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 261
    SHARES
  • डब्लूएचओले हरेक शुक्रबार नेपाली भाषामा कोरोनाको जानकारी गराउने 

    असोज १५ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड- १९ सम्बन्धी जानकारी अब नेपाली भाषामा पनि उपलब्ध गराउने भएको छ ।

    images

    डब्लूएचओले पाँचमा विज्ञान (साइन्स इन फाइभ) कार्यक्रम पोडकास्टमार्फत कोभिड- १९ सम्बन्धी जानकारी गराउने भएको नेपालस्थित डब्लूएचओ कार्यालयले जानकारी दिएको छ । आज प्रसारण गरिने पोडकास्टको पहिलो अंकमा डब्लूएचओकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा. ओज्गे टुनचाल्पले कोभिड- १९ महामारीको समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाहरूले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नेछन् ।

    पोडकास्टका नयाँ अंकहरू हरेक शुक्रबार साउण्ड क्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत भिडियो र अडियोबाट कोभिड- १९ को जानकारी गराउने भएको हो । डब्लूएचओले कोरोना भाइरससम्बन्धी गलत समाचार आउन थालेपछि नेपाली भाषामा पनि पोडकास्ट गर्न लागेको हो ।

    images

    नेपाली समुदाय माझ पनि कोभिड- १९ सम्बन्धी महत्त्वपूर्ण जानकारीको पहुँच पुर्‍याउने उद्देश्यले विश्व स्वास्थ्य संगठन नेपालले यस शृङ्खलालाई नेपाली र मैथिली भाषामा अनुवाद गरी युट्युब च्यानलमार्फत पनि प्रसारण गर्दै आएको छ ।