आइतबार, भाद्र २८ गते २०८३
images

आप थप १०६६ जनामा कोरोना संक्रमण ,९३८ जना संक्रमणमुक्त 

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 570
    SHARES
  • आप थप १०६६ जनामा कोरोना संक्रमण ,९३८ जना संक्रमणमुक्त 

    असोज १५ काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा एक हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ हजार तीन सय ६८ जनामा कोरोना परीक्षण गर्दा एक हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    शुक्रबार थपिएकासहित देशभर सक्रिय संक्रमित १८ हजार एक सय १५ जना रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला १९ रहेका छन् । पछिल्लो २४ घन्टामा नौ सय ३८ जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ६६ हजार ६ सय ९६ रहेको छ ।

    संक्रमणमुक्त दर ९६.३ प्रतिशत
    नेपालमा संक्रमणमुक्त हुने दर ९६.३ प्रतिशत रहेको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार एक सय ४८ जना नेपालीको निधन भइसकेको छ । हाल देशभर तीन सय ५४ जना सघन उपचार कक्ष (आइसीयू) मा, एक सय १६ जना भेन्टिलेटर, १६ हजार आठ सय ८१ जना होम आइसोलेसन, एक हजार दुई सय ३४ जना संस्थागत आइसोलेसन र दुई सय ४२ जना क्वारेन्टिनमा छन् ।

    images