असोज १६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २१९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित १७ हजार ६४२ जना रहेका छन् ।
त्यस्तै विगत २४ घण्टामा १ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७६७८१९ पुगेको छ । विगत २४ घन्टामा ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल १११५७ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।


