असोज १७ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित १६ हजार ८०४ जना रहेका छन् ।
त्यस्तै विगत २४ घण्टामा १ हजार ४०५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७६९२२४ पुगेको छ । विगत २४ घन्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल १११६४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।


