शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को नतिजा सार्वजनिक,५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

एक्सप्रेस पाना
श्रावण १८, २०८१ शुक्रबार
  • 313
    SHARES
  • कक्षा १२ को नतिजा सार्वजनिक,५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । 

    images

    शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डको बैठक सकिएलगतै परीक्षाफल सार्वजनिक गरेको बोर्डले जनाएको छ । बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार परीक्षा सञ्चालन गरेको थियो । सोही अनुसार नतिजा प्रकाशन गरिएको जनाएको छ ।

    सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीरअनुत्तीर्ण )भएका छन्।

    images

    गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।