आइतबार, भाद्र २८ गते २०८३
images

जापान सरकारद्वारा नेपाललाई छ वटा एम्बुलेन्स हस्तान्तरण

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 282
    SHARES
  • जापान सरकारद्वारा नेपाललाई छ वटा एम्बुलेन्स हस्तान्तरण

    असोज १८ काठमाडौं । नेपाललाई जापान सरकारले छ वटा एम्बुलेन्स प्रदान गरेको छ । 

    images

    आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । 

    राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए। उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त गरे । नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने समेत बताए । 

    images

    नेपालस्थित जापानका राजदूत किकुता युताकाले नेपाललाई सबै क्षेत्रमा जापानले सहयोग गर्दै आइरहेको ताए। उक्त एम्बुलेन्स मन्त्रालयले नेपाल एम्बुलेन्स सेवालाई आजै प्रदान गरेको छ ।