आइतबार, भाद्र २८ गते २०८३
images

पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई काठमाडौमा भव्य स्वागत

एक्सप्रेस पाना
भाद्र १९, २०८१ बुधबार
  • 221
    SHARES
  • पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई काठमाडौमा भव्य स्वागत

    काठमाडौं । पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको काठमाडौमा भव्य स्वागत गरिएको छ । 

    images

    बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङसहित राखेपका विशिष्ट व्यक्तिहरु र विभिन्न खेल संघका पदाधिकारीहरु,समर्थकहरूले विमानस्थल पुगेर स्वागत गरेका हुन् ।

    wellcomepalesa.jpg

    images

    विमानस्थलमा स्वागत गरिएपछि पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै नगर परिक्रमा गराइएको थियो ।

    palesa.jpg

    त्यपछि उनलाई राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा स्वागत गरियो । कार्यक्रममा पदक विजेता पलेशाले अब नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा आफू निकै उत्साहित भएको बताइन् ।

    paleshawelcome-mk-1.jpg

    पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन् । कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो ।

     

  • सम्बन्धित विषय:

  • # पारा ओलम्पिक
  • # पलेशा