काठमाडौं । पेरिस पारालम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन् ।
बुधबार शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए ।
पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।


