शनिबार, भाद्र २७ गते २०८३
images

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 294
    SHARES
  • निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको छ । 

    images

    सोमबार सूचना प्रकाशित गर्दै आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।

    उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागजात (नागरिकताको प्रमाणपत्र हालसालै खिचेको फोटो, दस्तखतको नमुना न्यूनतम योग्यताको लब्धाङ्क पत्र तथा तालिमको प्रमाणपत्र) सहित सिङ्गल दस्तुरका लागि असोज २९ गते रातको १२ बजेभित्र र दोबर दस्तुरका लागि मङ्सिर ६ गते रातको १२ बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    images

    सूचना तथा विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

    2024-09-15-11-52-43-gopa-bhadau-30-20_d5wZLxGsri.jpg

  • सम्बन्धित विषय:

  • # शिक्षक लाइसेन्स
  • # निमावि