शनिबार, भाद्र २७ गते २०८३
images

सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा भेटिए कारबाही हुन्छ:मन्त्री पौडेल

एक्सप्रेस पाना
आश्विन ४, २०८१ शुक्रबार
  • 271
    SHARES
  • सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा भेटिए कारबाही हुन्छ:मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने बताएका छन् ।

    images

    शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक उपलब्ध हुनुपर्ने र सरकारी अस्पतालमा काम गर्ने समयमा निजी अस्पतालमा भेटिए कारबाही हुने बताएका हुन् । 

    उनले मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको बताए । 

    images

    “सरकारी अस्पतालमा काम गर्ने समयमा उहाँहरु उपलब्ध हुनुपर्छ । स्वास्थ्य सेवा प्रभावकारी, बीमालाई व्यवस्थित, औषधिको मूल्य समायोजन लगायतका थुप्रै काम सुरु गरेका छौँ, ती कार्यान्वयन हुँदै जान्छन् ।”

    मन्त्री पौडेलले स्वास्थ्य बीमालाई पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # प्रदीप पौडेल
  • # चिकित्सक