मंगलबार, भाद्र २३ गते २०८३
images

विदेशमा रहेका नेपाली युवालाई स्वदेशमा फर्केर अवसर सिर्जना गर्न प्रधानमन्त्री ओलीको आग्रह

एक्सप्रेस पाना
आश्विन ८, २०८१ मंगलबार
  • 260
    SHARES
  • विदेशमा रहेका नेपाली युवालाई स्वदेशमा फर्केर अवसर सिर्जना गर्न प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सिर्जना गर्न आग्रह गरेका छन्। 

    images

    सोमबार संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लिडर्स फोरमलाई सम्बोधन गर्दै विदेशमा रहेका युवालाई स्वदेश फर्किन आग्रह गरेका हुन्। 

    उनले गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारेको बताए। 

    images

    ‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले नेपालबाट विदेश गएका विद्यार्थी र युवाको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्किनेको क्रम पनि बढेको दाबी गरे।  

    प्रधानमन्त्री ओलीले भने,‘नेपालको आर्थिक अवस्था त्यस्तो धेरै कमजोर छैन। बरु म यसको समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, जुन हामीले मेहनत गरेमा छोटो समयभित्र हासिल गर्न सक्नेछौँ’, । ‘हामी उदाउँदो लोकतन्त्र भएका मुलुक हौँ। भारत र चीनजस्ता आर्थिक शक्तिराष्ट्रका छिमेकी पनि हौँ। त्यस अर्थमा नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ।’

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # प्रधानमन्त्री