आइतबार, भाद्र २८ गते २०८३
images

एनसेल फाउन्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

एक्सप्रेस पाना
आश्विन १६, २०८१ बुधबार
  • 258
    SHARES
  • एनसेल फाउन्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

    काठमाडौ । एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वडा. नं ९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए ।

    images

    नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीकासँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरु पनि पाएका थिए । 

    यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेल फाउन्डेशनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो । 

    images

    यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालीमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेल फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ । 

    एनसेल फाउन्डेशनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ । एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेशनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु योजना बनाएको छ । एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # एनसेल फाउन्डेशन