शनिबार, भाद्र २७ गते २०८३
images

निजी तथा सरकारी अस्पताललाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको निर्देशन

एक्सप्रेस पाना
मंसिर ६, २०८१ बिहीबार
  • 263
    SHARES
  • निजी तथा सरकारी अस्पताललाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न परिपत्र गरेको छ।

    images

    मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहजरुपमा जानकारी पाउने व्यवस्था गर्न आग्रह गरिएको हो । 

    तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए। 

    images

    मन्त्रालयले पठाएको पत्रमा सबै खालका शैय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन आग्रह गरिएको छ भने टिकटसहितका अरु सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ।

    ‘मन्त्रालयले बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुने चेतावानी दिएको छ ।