आइतबार, भाद्र २८ गते २०८३
images

फाइजर खोप लगाउनेको एन्टीबडी दुई महिनापछि घटेको दुई फरक अध्ययनको निस्कर्ष

एक्सप्रेस पाना
आश्विन २२, २०७८ शुक्रबार
  • 259
    SHARES
  • फाइजर खोप लगाउनेको एन्टीबडी दुई महिनापछि घटेको दुई फरक अध्ययनको निस्कर्ष

    एजेन्सी । फाइजर खोप लगाएपछि शरीरमा विकसित हुने एन्टीबडी तह दुई महिनापछि बिस्तारै घट्दै जाने दुई फरक अध्ययनले देखाएका छन् ।  इजरायल र कतारले गरेका दुई अलग अलग अध्ययनले पूर्ण खोप लगाएका व्यक्ति संक्रमणबिरुद्ध निरन्तर साबधानी अप्नाउनुपर्ने उल्लेख छ । 

    images

    इजरायलमा गरिएको अध्ययनमा पूर्ण खोप लगाएका व्यक्तिको एन्टीबडी तह घटेको देखिएको थियो । त्यस्तै, कतारमा गरिएको अर्को एक अध्ययनमा फाइजरको पूर्ण खोप लगाएका व्यक्तिमा दुई महिनापछि एन्टीबडी घटेको पाइएको थियो । 

    पहिलो डोज लगाउँदा बढेको एन्टीबडी दोस्रो डोज लगाउँदा उच्च विन्दुमा पुगेको र त्यसपछि घटेको अध्ययनको निस्कर्ष छ । अध्यययन वेलायतको जर्नल अफ मेडिसिनमा प्रकाशित छ ।
     

    images