आइतबार, भाद्र २८ गते २०८३
images

देशभर ५ सय ९६ जना कोरोना सङ्क्रमित थपिए

एक्सप्रेस पाना
आश्विन २४, २०७८ आइतबार
  • 262
    SHARES
  • देशभर ५ सय ९६ जना कोरोना सङ्क्रमित थपिए

    असोज २४ काठमाडौं । देशभर आज ५  सय ९६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  ९ हजार २ सय ३७ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ५ सय ६५ जना तथा ३ हजार १ सय ६७ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १३ जना गरी जम्मा ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    images

    गएको २४ घण्टामा ८ सय ७१ जना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९६ दशमलव ७ प्रतिशत छ ।  आज कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ३१ जना पुगेको छ । 

    देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा १५ हजार २४ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

    images

    जसमा ३ सय २२ जनाले आइसियु र १ सय १३ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।