असोज २६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६ सय १९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

