शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घण्टामा ३ सय ६५ जनामा कोरोना पुष्टि,६०९ डिस्चार्ज

एक्सप्रेस पाना
आश्विन २७, २०७८ बुधबार
  • 278
    SHARES
  • पछिल्लो २४ घण्टामा ३ सय ६५ जनामा कोरोना पुष्टि,६०९ डिस्चार्ज

    असोज २७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    मन्त्रालयका अनुसार ३ हजार ६ सय जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय २६ जना र १ हजार ९ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९७ हजार १३४ पुगेको छ

    images

    पछिल्लो २४ घण्टामा ६०९ जना कोरोनामुक्त भए, ४ को मृत्यु

    कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय ९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७८ हजार ३ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५ सय ९४ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ३१ हजार ३०८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।