शनिबार, भाद्र २७ गते २०८३
images

आज थप ४ सय ५५ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

एक्सप्रेस पाना
आश्विन २८, २०७८ बिहीबार
  • 582
    SHARES
  • आज थप ४ सय ५५ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

    असोज २८ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय १४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९७ हजार ५८९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ सय ४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७९ हजार १ सय ५४ पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ ।

    images