शनिबार, भाद्र २७ गते २०८३
images

साफ च्याम्पियनसीप : उपाधिका लागि नेपाल र भारत भिड्दै

एक्सप्रेस पाना
आश्विन ३०, २०७८ शनिबार
  • 431
    SHARES
  • साफ च्याम्पियनसीप : उपाधिका लागि नेपाल र भारत भिड्दै

    असोज ३० काठमाडौं । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसीपको उपाधिका लागि आज (शनिबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । 

    images

    माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाली समयअनुसार राति पौन ९ बजे हुने फाइनलमा खेलमा नेपाल इतिहास रच्ने दाउमा हुनेछ ।  नेपाल पहिलोपटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो । तर,  भारतले सात पटक उपाधि जितिसकेको छ । 

    गत बुधबार बंगलादेशसँग बराबरी खेलेर नेपालले फाइनलको यात्रा तय गरेको हो । नेपालले पहिलो दुई खेल जिते पनि भारतसँग भने पराजय व्यहोरेको थियो ।

    images