शनिबार, भाद्र २७ गते २०८३
images

आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा:बोर्डको अभिमूखिकरणमा गएनन् शिक्षक

एक्सप्रेस पाना
बैशाख ८, २०८२ सोमबार
  • 253
    SHARES
  • आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा:बोर्डको अभिमूखिकरणमा गएनन् शिक्षक

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि ७७ वर्ट जिल्लाका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

    images

    उनीहरु आन्दोलनमा रहेकोबेला बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा हुने की नहुने भन्ने विषयले विद्यार्थी र अभिभावकहरु अन्योलमा परेका छन् ।

    जनकपुरधामस्थित राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय मधेश प्रदेशका प्रमुख दयाराम राईका अनुसार केन्द्रिय कार्यालयबाट प्राप्त निर्देशन अनुसार परीक्षा निर्धारित समयमै हुनेगरी काम भइरहेको छ । 

    images

    उत्तरपुस्तिकलगायत परीक्षा सामग्रीहरु सम्पूर्ण परीक्षा केन्द्रहरुमा पुगिसकेको र विद्यार्थीहरुको प्रवेश पत्र वितरण हुने कार्य अहिले जारी रहेको कार्यालय प्रमुख राईले जानकारी दिए । 

    केन्द्रिय कार्यालयबाट परीक्षा स्थगित भएको भन्ने अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएकाले आफूहरुले परीक्षा तोकिएकै दिन र समयमा गर्नेगरी तयारी पूरा गरेको बताए । उनले विद्यार्थीहरुलाई पनि तोकिएकै समयमा परीक्षा लिइने भन्दै त्यस बमोजिम तयारी गर्न आग्रह गरे ।

    यता, जनकपुरधामस्थित ऐतिहासिक ज्ञानकुप विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले परीक्षा बोर्डले तोकिएकै समयमा परीक्षा सञ्चालन हुनेगरी तयारी गरेपनि शिक्षक महासंघको निर्णय अनुसार आफूहरुको माग सरकारले पूरा नगरेसम्म कक्षा १२ को परीक्षा सञ्चालन नगर्ने बताएका छन् । 

    परीक्षा बोर्डले अभिमुखिकरण कार्यक्रमका लागि बोलाएतापनि आफूहरु नगएको उनले जानकारी दिए । सरकारले शिक्षकहरुको माग सम्बोधन गरे ७२ घण्टाभित्र परीक्षा संचालनको तयारी पूरा हुने उनको भनाई छ । परीक्षा समयमा नहुँदा विद्यार्थीहरुमा पर्ने असुविधाको सम्पूर्ण जिम्मेवार नेपार सरकार हुने उनले बताए ।

    चुनावका बेला हरेक राजनीतिक दलहरुले शिक्षाको विषयलाई आफ्नो एजेन्डा बनाउने तर चुनाव जितिसकेपछि शिक्षालाई प्राथमिकता नदिने गरेको प्रधानाध्यापक झाको आरोप छ ।
    तीन तहको सरकार आएतापनि कुन तहको काम के हो भन्ने अन्यौलताका कारण विद्यालय सञ्चालन गर्नै गार्हो भएको उनको भनाई छ । उनले परीक्षा केही दिन सर्न सक्ने संकेत गरेका छन् ।