शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
आश्विन ३१, २०७८ आइतबार
  • 314
    SHARES
  • पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि

    असोज ३१ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९८ हजार ३९९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६८० जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको छ ।

    images

    यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २७६ पुगेको छ ।