शनिबार, भाद्र २७ गते २०८३
images

करण केसीको शानदार ब्याटिङमा  स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

एक्सप्रेस पाना
जेठ २०, २०८२ मंगलबार
  • 361
    SHARES
  • करण केसीको शानदार ब्याटिङमा  स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

    काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ ।

    images

    गएराती सम्पन्न खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै नेपालले विजयी भएको हो  ।  

    २९७ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

    images


    नेपालको जितमा करण केसीले शानदार ब्याटिङ गरेका थिए । करणले अविजित ६५ रन बनाउदै नेपाललाई जित दिलाएका हुन् भनेल कुशल भुर्तेलले ५३ , गुलशन झाले ४२, भिम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७, आसिफ सेखले २० रन बनाएका थिए । 


    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २९६ रन बनाएको थियो । स्कटल्याण्डका लागि चार्ली टीरले सर्बाधिक ८० रन बनाए भने फिनाली म्याकरीथले ५५ रन बनाएका थिए । 

    नेपाली बलर रिजन ढकाल, करण केसी र सोमपाल कामीले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले एक विकेट लिए ।


    यो जितपछि नेपालको लिग–२ मा १३ खेलमा ८ अंक भएको छ र नेपाल एक स्थान माथि उक्लिदै सातौं स्थानमा पुगेको छ । 

    अब यस सिरिज अन्तर्गत नेपालले अर्को खेल भोली नेदरल्याण्डससँग खेल्ने छ ।
           

  • सम्बन्धित विषय:

  • # करण केसी