शनिबार, भाद्र २७ गते २०८३
images

गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द

एक्सप्रेस पाना
जेठ २८, २०८२ बुधबार
  • 151
    SHARES
  • गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द

    काठमाडौं । केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

    images

    शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका छन् ।

    उपमहानगरपालिकाले तापक्रमको तीव्र वृद्धि बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय लिएको हो । 

    images

    यद्यपि विद्यालय प्रशासन भने खुला रहने जनाइएको छ । सूचना अनुसार यो बन्द वार्षिक विदाबाट कट्टा गरिनेछ ।