कात्तिक २ काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ११८१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १००४ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७८३३९७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ ।


