शनिबार, भाद्र २७ गते २०८३
images

चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सकरात्मक:स्वास्थ्यमन्त्री पौडेल

एक्सप्रेस पाना
श्रावण २, २०८२ शुक्रबार
  • 205
    SHARES
  • चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सकरात्मक:स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीजि क्षेत्रमा संस्थाहरु खुल्नु सकरात्मक रहेको बताएका छन् ।  

    images

    बिहीबार समाज डेन्टलको २५ वार्षिक उत्सव समारोहमा बोल्दै उनले चिकित्सा क्षेत्रमा थुप्रै समस्या हुँदा पनि नीजि क्षेत्रबाट संस्थाहरु खुलिरहेको बताएका हुन् । 

    उनले भने, ‘चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु छन् तर जति विकास भयो त्यति बढ्दै जान्छ ।  आज जस्तो अवस्था भएपनि नीजि क्षेत्रमा संस्थाहरु खुलिरहेको अवस्था छ । संस्था बढेपछि जनशक्ति बढेपछि समस्या बढ्छन् । त्यसैले उल्झन बढ्ने गरी हैन सहजीकरणको लागि कानूनी प्रवर्धन गर्नुपर्छ ।’ 

    images

    उनले जनशक्ति भए पनि उपत्यका बाहिर जान कोही नचाएको बताए । जसले गर्दा उनले सुदुरपश्चिम, कर्णाली, मधेश प्रदेश लगायत क्षेत्रमा चिकित्सकको कमी रहेको बताए । 

  • सम्बन्धित विषय:

  • # प्रदीप पौडेल