शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

एक्सप्रेस पाना
श्रावण १९, २०८२ सोमबार
  • 292
    SHARES
  • कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

    काठमाडौं । कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक हुने भएको छ। 

    images

    राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आज साँझ ५ बजे बैठक बोलाइएको हो । 

    यसअघि बोर्डले क्यालेन्डरअनुसार साउन १५ भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो। तर गत चैत २० गतेदेखि सुरू भएको शिक्षक आन्दोलनका कारण यो प्रक्रिया प्रभावित भएको हो।

    images

    कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म भएको थियो । कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय र आंशिकतर्फ १ लाख १५ हजार ६ सय परीक्षार्थी थिए  । 

    विद्यार्थीहरू बोर्डको वेबसाइट तथा एसएमएस मार्फत नतिजा हेर्न सक्नेछन्।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय परीक्षा बोर्ड
  • # कक्षा १२