आइतबार, कार्तिक १६ गते २०८३
images
images

भीम रावलको राजीनामा फिर्ता लिन १४ सांसदको आग्रह  

एक्सप्रेस पाना
श्रावण ६, २०७८ बुधबार
  • 537
    SHARES
  • भीम रावलको राजीनामा फिर्ता लिन १४ सांसदको आग्रह  

    काठमाडौँ ।  नेकपा एमालेका नेता भीम रावललाई १४ सांसदले प्रतिनिधीसभा सदस्य पदबाट राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । नेकपा एमाले सुदूरपश्चिम माधव नेपाल पक्षका प्रदेशसभा सदस्यले नेता रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।

    images

    संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन्। रावलकै निवासमा पुगेर भेटेका उनीहरुले रावलको निवासमा पुगेर राजीनामाको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए।

     रावलले राजीनामा फिर्ता नगरे आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिए। रावलले आफू पार्टी एकताका लागि गठित कार्यदलको संयोजक र सर्वोच्च अदालतमा हस्ताक्षर गरेकाले पनि नैतिकताका आधारमा सांसद पदबाट राजीनामा दिएको समेत उनीहरुसँग बताएका थिए। जवाफमा रावलले आफूहरुले दिएको सुझावलाई ग्रहण गर्दै आवश्यक निर्णय लिने आश्वासन दिए।

    images