आइतबार, कार्तिक १६ गते २०८३
images
images

जसपा महन्थ ठाकुुर पक्ष सरकारमा सहभागी हुुने निश्चित 

एक्सप्रेस पाना
श्रावण ६, २०७८ बुधबार
  • 464
    SHARES
  • जसपा महन्थ ठाकुुर पक्ष सरकारमा सहभागी हुुने निश्चित 

    काठमाडौँ । जसपा महन्थ ठाकुुर पक्ष सरकारमा सहभागी हुुने निश्चित भएको छ ।  जनता समाजवादी पार्टी जसपा को महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने भएको हो । जसपाको महन्थ ठाकुर पक्षले दुई वटा मन्त्रालय लिएर सरकारमा जाने भएको हो। ठाकुर पक्ष सरकारमा जाने विषयमा जसपाको उपेन्द्र यादव पनि सहमत भएको छ।

    images

    अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको हो।

    बुधबार बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो। महन्थ पक्षले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति भइनसकेको छैन। साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका प्रधानमन्त्री देउवालाई जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो।

    images