कात्तिक ४ काठमाडौं । पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३७३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १०९४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९३२ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७८५८१२ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।


