शनिबार, भाद्र २७ गते २०८३
images

नर्भिकमा शनिबार ओपीडी सेवा निःशुल्क

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 282
    SHARES
  • नर्भिकमा शनिबार ओपीडी सेवा निःशुल्क

    कात्तिक ५ काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत भोलि शनिबार कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा सञ्चालन हुने भएको छ । नर्भिक अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्ट डा.शैलेन्द्रप्रसाद कुशवाहाले निःशुल्क ओपीडी सेवा दिन लागेका हुन् । 

    images

    डा. कुशवाहाले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरूलाई निःशुल्क सेवा दिनेछन् । मुटुसँग सम्बन्धित समस्या भएका र अन्य शारीरिक अस्वस्थ्यता भएकाहरूले समेत डा.कुशवाहाको निःशुल्क ओपीडीबाट लाभान्वित हुन सक्नेछन् । 

    नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोन्सिबिलिटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । 

    images

    निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।न्युज कारखाना