कात्तिक ६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २ हजार ५ सय १४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८१७ जना कोरोना निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८६ हजार ६ सय ३० पुगेको छ । ६ हजार ९ सय ३१ जनाको परीक्षण हुँदा हालसम्म कुल ५० लाख ५ हजार २ सय ७९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।


