शनिबार, भाद्र २७ गते २०८३
images

‘जेनजी आन्दोलनमा महानगरको दमकल सेवाको अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको छ’

एक्सप्रेस पाना
कार्तिक ३०, २०८२ आइतबार
  • 177
    SHARES
  • ‘जेनजी आन्दोलनमा महानगरको दमकल सेवाको अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको छ’

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भाद्र २४ गतेको जेनजी आन्दोलनमा भएको आगलागीमा महानगरको दमकल सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको बताएका छन् ।

    images

    आइतबार महानगर प्रहरीबलबाट भए गरेको कार्यहरुको ‘महानगरप्रहरी नामक’ श्रव्य–दृश्य सामाग्री प्रदर्शन कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको दौरानमा काठमाडौंको हिल्टन होटल, सर्वोच्च अदालत भवन, संघीय संसद भवन, सिंहरदबारलगायत ठाउँमा ७९ पटक ललितपुरमा महानगरपालिकाले दमकल सेवा प्रदान गरेको बताउँदै उक्त सेवाको चौतर्फी चर्चा भइरहेको बताएका हुन् ।

    उनले भने,‘ जेनजी आन्दोलनको दौरानमा ललितपुरमा महानगरको दमकलको सेवा काठमाडौंको हिलटन, सर्वोच्च, प्रतिनिधिसभा, सिंहरदबार लगायत ठाउँमा ७९ पटक दमकल सेवा प्रदान गर्यौं । दमकलमा दुई वटामा फोम छ । त्यसले देखिनेगरी नै आगो निभाउँछ । जेनजी आन्दोलनको आगालागीमा ललितपुरले राम्रो काम गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै यसको निकै चर्चा परिचर्चा भइरहेको छ ।’

    images

    त्यस्तै उनले नगरवासीहरुलाई कसरी संरक्षण गर्ने,कसरी उनीहरुको दिनचर्या राम्रो पार्ने र कसरी टेवा पुर्याउने भन्ने विषय नै महानगरको प्रमुख काम भएको बताए ।

    जस्तोसुकै विकसित देशको नगरप्रहरीको निमित्त पनि चुनौती देखिने भन्दै उनले चुनौतीलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको धारणा राखे ।

    मेयर महर्जनले अझ राम्रो दुईवटा दमकल खरिद् गर्ने महानगरले निर्णय गरिसकेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # चिरीबाबु महर्जन