शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 241
    SHARES
  • पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना संक्रमण

    कात्तिक ७ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय २५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको कुल संख्या १० हजार २ सय १ जना रहेका छन् । 

    images

    त्यस्तै पछिल्लो २४ घण्टामा ८७७ जना कोरोना निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८७ हजार ५ सय ७ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ ।