बुधबार, भाद्र २४ गते २०८३
images

सम्झौतामा हस्ताक्षरपछि जेनजी समुहबिच तनाव,प्रधानमन्त्री कार्यालयमै चर्को विवाद

एक्सप्रेस पाना
मंसिर २५, २०८२ बिहीबार
  • 138
    SHARES
  • सम्झौतामा हस्ताक्षरपछि जेनजी समुहबिच तनाव,प्रधानमन्त्री कार्यालयमै चर्को विवाद

    काठमाडौं । जेनजी समुह र सरकार बिच बुधबार सिंहदरबारमा सम्झौता भएको थियो । जेनजी आन्दोलन संस्थागत गर्नेगरी भएको सम्झौतामा हस्ताक्षर लगत्तै जेनजीहरूको एउटा पक्षले प्रधानमन्त्री कार्यालयमा विवाद गरेका थिए । 

    images

    विवादपछि उनीहरूले सम्झौताको प्रति पनि च्यातिदिएका थिए । जेनजी प्रतिनिधि र सरकारबीच सम्झौता र प्रधानमन्त्री सुशीला कार्कीको सम्वोधनपछि जेनजी युवायुवतीहरु एक आपसमा झगडा गरेका हुन् ।

    प्रधानमन्त्रीको सम्वोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै कराउन थालेकी थिइन् । अर्का युवाले केही सिमित व्यक्तिहरुले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए । अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # जेनजी आन्दोलन