आइतबार, भाद्र २८ गते २०८३
images

शितगंगामा फैलियो झाडापखलाको प्रकोप 

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 320
    SHARES
  • शितगंगामा फैलियो झाडापखलाको प्रकोप 

    कात्तिक ८ अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–११  खरयवट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन् ।  खयरवट्टी स्थानीयमा झाडापखाला लाग्ने, वान्ता हुने समस्या देखिएपछि  शितगंगा नगरपालिकाको स्वास्थ टोलीसमेत प्रभावित क्षेत्रमा पुगेको थियो ।

    images

    हालसम्म ५३ जना बिरामी परेको र गम्भीर बिरामी भएका पाँच जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरेर उपचार भइरहेको शितगंगा नगरपालकाको स्वास्थ शाखा सहसंयोजक दामोदर ढकालले जानकारी दिए । 

    प्राथमिक स्वास्थ केन्द्र ठाडाका चिकित्सक अजय चौधरी लगायतको स्वास्थकर्मी टोली प्रभावित क्षेत्रमा पुगेर उपचार गरेका हुन् । दुषित पानीका कारण झाडापखला फैलिएको हुन सक्ने चिकित्सक चौधरीको अनुमान छ । 

    images

    समस्या देखिएका बिरामीलाई खानपानमा सचेत रहन र औषधिको प्रयोग गर्न चौधरीले सुझाव दिए । केही दिनदेखि झाडापखालाको संकेत देखिएपछि गाउँमा बिरामी बढ्दै गएको वडा नम्बर ११ का अध्यक्ष कपिल आलेले बताए ।