काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुलाई पार्टीले धेरै पिडा दिएको गुनासो गरेका छन् । जनैखटिरा सँग तुलना गर्दै उनले अब यस्तो अपमान सहेर बस्न नहुुने नसक्ने बताएका छन् । नेपालले पार्टीलाई नयाँ ढंगबाट अघि लैजाने जिम्मेवारी आफूहरुको काँधमा रहेको बताएका छन्।
पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन शुद्धीकरणको आवश्यकता रहेको नेता नेपालको रहेको छ । उनले आफूलाई जनै खटिराले दु ख दिएजस्तै पाटीभित्र विभिन्न घाउखटिरा आएको बताएका छन् । पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै एमाले नेता नेपालले अब अपमान सहेर नबस्ने बताए। तर, के हुन्छ भनेर हेरिरहेको उनको भनाइ छ। ‘आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न,’ नेपालले भने, ‘तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन।’
उनले कम्युनिस्ट पार्टीको नाम र झन्डा दुरुपयोग हुन दिन नहुने समेत बताएका छन्। नेता अहंकारी भए कि भनेर जाँच्नुपर्ने उनको भनाइ छ। कम्युनिस्ट पार्टी बिग्रिएपछि अरुभन्दा बढी गनाउने उनले बताए। नेपालले भने, ‘नयाँ समाज निर्माण गर्ने सोचबाट अगाडि बढ्न सक्नुपर्छ। सबै कुरोको केन्द्र बिन्दु जनता नै हुन यसमा संवेदनशील हुनुपर्छ। सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्छ त्यो आँट र शाहस चाहिन्छ। पार्टी भित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधीले समयमा निको बनाउनुपर्छ । गलत कुरालाई सहेर बसेमा दास प्रवृत्ति मौलाउने उनले बताए।
उनले भने, ‘कम्युनिष्ट दास हुन सक्दैन। अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन। त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ। हावादारी कुरोले केही परिवर्तन हुने वाला छैन। आन्दोलनलाई नयाँ हिसाबले लैजानुपर्छ। कम्युनिष्ट पार्टीको काँधमा ठूलो दायित्व आएको छ।’ कम्युनिष्ट पार्टीमा नेता नभई नीति प्रधान हुने उनले बताए। उनले भने, ‘अहिले जुन बाँदर जुलुस लगायतका गतिविधि भैरहेको छ, यो अराजकता प्रस्तुत भैरहेको छ। यसले राम्रो गर्दैन। हामी अझै पनि एकताबद्व एमाले चाहिँ रहेका छौं।’ हामीले चाहेको एकता हो पिडा दिने खाउ खटिरा होईन ।
.jpg)


