आइतबार, भाद्र २८ गते २०८३
images

आज ७७६ जनामा कोरोना संक्रमण, थप १३ को मृत्यु

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 261
    SHARES
  • आज ७७६ जनामा कोरोना संक्रमण, थप १३ को मृत्यु

    कात्तिक ८ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८ सय ६४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको कुल संख्या १० हजार ३ सय ६० जना रहेका छन् । 

    images

    त्यस्तै पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ ।

    No photo description available.

    images