आइतबार, भाद्र २८ गते २०८३
images

एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि

एक्सप्रेस पाना
कार्तिक ९, २०७८ मंगलबार
  • 248
    SHARES
  • एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि

    कात्तिक ९ काठमाडौं । कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आज मंगलबारदेखि काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

    images

    जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने जानकारी दिएकाे छ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइनेछ ।

    बाँकी स्थानीय तहमा तीनदिनसम्म खोप लगाउन पाइनेछ। 

    images

    काठमाडौं महानगरको हकमा १० कात्तिक सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले आह्वान गरेको छ ।