कात्तिक ९ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको कुल संख्या १० हजार २ सय ९६ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६२२ जना कोरोना निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८८ हजार ६३० जना पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ ।



