आइतबार, कार्तिक १६ गते २०८३
images
images

कानूनी सल्लाहमा अघि बढ्दै नेपाल पक्षका सांसद 

एक्सप्रेस पाना
श्रावण ७, २०७८ बिहीबार
  • 308
    SHARES
  • कानूनी सल्लाहमा अघि बढ्दै नेपाल पक्षका सांसद 

    काठमाडौँ । नेकपा  एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने नदिनेबारे कानून व्यवसायीसँग परामर्श गर्दैछन् ।

    images

    नेपाल पक्ष अनुपस्थित रहेको केन्द्रीय समिति बैठकबाट निर्णय गराएर अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए। जुन समय आज घर्किँदै छ। राजनीतिकरूपमा स्पष्टीकरण दिनु जरुरी नभए पनि कानूनीरूपमा के हुन्छ भनेर कानुन व्यवसायीसँग छलफल गरेर मात्र निर्णय गर्ने सांसद मेटमणि चौधरीले नेपाल लाइभलाई बताए।

    उनीहरूले कानुन व्यवसायी गोविन्द बन्दी लगायतसँग छलफल गर्दैछन् ।  बुधवार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले स्पष्टीकरणले पार्टी एकतामा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको थियो।

    images