काठमाडौँ । आधिकारिक जसपा यादव पक्षको हुनुपर्नेमा जिकीर गरिएको छ । वरिष्ठ अधिवक्ता महादेव यादवले जनता समाजवादी पार्टी जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइनु पर्ने जिकिर हुन् । जसपाको आधिकारितासम्बन्धी विवादको टुंगो लगाउन निर्वाचन आयोगमा आज बहस भइरहेको छ।
बहसका क्रममा वरिष्ठ अधिवक्ता यादवले महन्थ ठाकुर पक्षले एकल रूपमा गरेको निर्णय जालसाजी र किर्तेसम्म हुनसक्ने भएकोले जसपाको आधिकारिकता यादव पक्षलाई दिनु पर्ने तर्क गरे। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायत पाँच आयुक्तहरु रहेको इजलासमा सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता यादवले जसपामा पहिला दुवै पक्षबीचमा मुख मिलेको भए पनि महन्थ ठाकुरले एकल सही गरेर पत्र लेखेपछि समस्या देखिएको बताए।
जसका कारण उपेन्द्र पक्षले अनुशासनको कारबाही गरेर उनी लगायतलाई निष्कासन गरेको र महन्थको लिखित जवाफमा हकदैया नभएको अधिवक्ता यादवले बताए। ३० दिनभित्र निर्णय पेस नगरेपछि त्यसलाई स्वीकार गर्न नमिल्ने भन्दै उनले आयोगले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको कुरालाई मान्यता दिन नसक्ने बताएका छन् ।
अहिले दुवै अध्यक्ष भएकाले एकले मात्र निर्णय गर्न नसक्ने भन्दै उनले दुई अध्यक्ष भएको समयमा एउटाले मात्र कुनै काम गर्न नसक्ने जिकिर गरे। ‘जेठ ६ गते केपी ओलीले धारा ७६ को ५ अनुसार सरकार बनाउन मार्ग प्रशस्त गरेको भन्नु भयो। राष्ट्रपतिको आह्वानपछि स्वतन्त्र रूपमा सांसदहरूले मत दिएका हुन् यसमा ह्वीप लाग्दैन, यसमा महन्थ पक्षको दुराशय देखिन्छ’ इजलाससमक्ष उनले भने।
‘सुरुका संस्थापक ५० जना सदस्यमा कसको बहुमत छ उनीहरू कहाँ छन् त्यसबाट निर्णय नगरी महन्थ ठाकुर पक्षले मात्र कारबाही गर्न पाउँदैन। उपेन्द्र यादव पक्ष नै आधिकारिक हो। यादव पक्षलाई आधिकारिकता दिनु पर्छ’ उनले भने ।
.jpg)


