कात्तिक १० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको कुल संख्या १० हजार ३ सय ७५ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४९५ जना कोरोना निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८९ हजार १२५ जना पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३८० पुगेको छ ।



