काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभालाई जीवनदान दिलाएका एमालेका २२ सांसदको इतिहासले उच्च मूल्यांकन गर्ने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा देवकोटाले उनीहरू महान् भएको पनि बताए।
उनले भने, ‘ती २२ सांसद महान् हुन्, जसले आफूलाई संविधानवादको पक्षमा उभ्याए, यसलाई जीवनदान दिलाए, इतिहासले उनीहरूको उच्च मूल्यांकन गर्नेछ।’ संविधानवादको पक्षमा उभिएका एमालेले ती २२ सांसदलाई स्पष्टीकरण सोधेको उल्लेख गर्दै देवकोटाले स्पष्टीकरण सोध्नेलाई जनताले कठघरामा उभ्याउने बताए ।
उन भने, ‘पटक पटक प्रतिनिधिसभाको गला रेट्ने तपाईंहरुलाई जनताले स्पष्टीकरण सोध्नेछन्, कठघरामा उभ्याउनेछन्, दुई तिहाइ जनमतको अपमान किन भनेर जनताले सोध्नेछन्।’ देवकोटाले भर्खर जन्मेको शिशु संविधानलाई संरक्षक र पालकहरुले नै दुई दुई पटक मृत्युशय्यामा पठाएको र दोस्रो पटक यसको गला रेटेर दुनियाँलाई नै लज्जित बनाइएको टिप्पणी गरे।
.jpg)


