बुधबार, भाद्र २४ गते २०८३
images

सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त, मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक

एक्सप्रेस पाना
चैत्र १३, २०८२ शुक्रबार
  • 256
    SHARES
  • सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त, मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक

    काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
    आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

    images

    यसैगरी सरकारका प्रवक्ता पोखरेलले भदौ २३ र २४ गते प्रदर्शनमा भएका घटनाहरुको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने समेत निर्णय भएको जानकारी गराए ।

    यी हुन् आज भएका मन्त्रिपरिषद् बैठकका चारवटा निर्णयहरु:
    १. जसमा २०८२ भदौ २३ र २४ गते ज्यान गुमाएका ज्ञातअज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने ।
    २. सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने ।
    ३. सरकारको शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गर्ने ।
    ४. भदौ २३ र २४ गते प्रदर्शनमा भएका घटनाहरुको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।

    images

  • सम्बन्धित विषय:

  • # सस्मित पोखरेल