बुधबार, भाद्र २४ गते २०८३
images

विपक्षको मागपछि संसदमा प्रधानमन्त्री शाह, प्रश्नहरूको जवाफ दिँदै

एक्सप्रेस पाना
जेठ १७, २०८३ आइतबार
  • 120
    SHARES
  • विपक्षको मागपछि संसदमा प्रधानमन्त्री शाह, प्रश्नहरूको जवाफ दिँदै

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।

    images

    उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहेका छन् । आजको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले समय मागेका थिए । बोल्नका निम्ति हात उनले उठाए र उनी उठ्न खोजे । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले रोस्ट्रम प्रयोगको अनुमति दिए ।सभामुखबाट समय प्राप्त भएपछि उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन आफू तयार रहेको बताए।

    यसअघि प्रधानमन्त्रीले संसदमा उपस्थित भई जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका थिए ।प्रधानमन्त्री शाहको आजको उपस्थितिसँगै सांसदहरूले उठाएका विषयमा प्रत्यक्ष जवाफ दिने प्रक्रिया अघि बढेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री शाह